राखेप च्याम्पियनसिप कात्तिकमा आयोजना हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ। राखेप च्याम्पियनसिप सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो । ‘राखेप च्याम्पियनसिप’ को नाममा च्याम्पियनसिप सञ्चालन गरिने छ।

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी च्याम्पियनसिपमा विभिन्न २७ खेल समावेश गरिने भएको छ।

च्याम्पियनसिपमा गल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, खो खो, बक्सिङ, स्क्वास, उसु, टेबलटेनिस, ह्यान्डबल, फुटबल, भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, ब्याडमिन्टन, बास्केटबल, भारोत्तोलन, हक्की र फेन्सिङ खेलको प्रतिस्पर्धा हुनेछ। उक्त खेलका सम्बन्धित राष्ट्रिय संघलाई राखेपले प्रतियोगिता सञ्चालन गर्न बजेट उपलब्ध गराउने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ४ करोड ३१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

बैठकले मयुरलाई मस्कटका रुपमा प्रयोग गर्ने निर्णय गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिए। करिब २ हजार ५ सय खेलाडीको सहभागिता रहने यो प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट समेत गरिने छ।

प्रतियोगितालाई व्यवस्थित एवं सफलतापूवर्क सम्पन्न गर्न बजेट बाँडफाँड तथा आर्थिक व्यवस्थापन, संघ समन्वय, प्रचार प्रसार, खेल सामाग्री तथा पोशाक व्यवस्थापन, अनुगमन तथा निरीक्षण, प्राविधिक समन्वय र समारोह गरी विभिन्न ७ उपसमितिहरु पनि गठन गरिएको छ। प्रतियोगिता कात्तिक मसान्तसम्ममा सम्पन्न हुनेछ।

42 thoughts on “राखेप च्याम्पियनसिप कात्तिकमा आयोजना हुने

  1. Needed to put you one bit of note to be able to say thanks once again for your personal marvelous guidelines you have discussed in this article. It is simply extremely open-handed with you to present publicly just what a number of people might have distributed for an ebook to get some dough for themselves, specifically now that you might well have tried it in the event you wanted. The advice also acted to become good way to understand that other individuals have similar interest similar to my very own to know the truth lots more regarding this issue. I am sure there are millions of more pleasant opportunities ahead for many who scan your blog post.

  2. I simply want to mention I’m all new to weblog and certainly enjoyed this web blog. Most likely I’m want to bookmark your blog . You certainly come with beneficial posts. Cheers for revealing your web-site.

  3. My brother suggested I might like this website. He was totally right. This publish truly made my day. You cann’t imagine simply how a lot time I had spent for this information! Thanks!

  4. Pingback: ivermectin plus
  5. Pingback: ivermectin
  6. Pingback: inverctin
  7. Pingback: praziquantel price

Leave a Reply

Your email address will not be published.

Next Post

झापामा निशान स्मृति कप सूरू हूदै (खेल तालिका सहित)

Sun Oct 8 , 2017
खेलकुद नेपाल, सबिन शेर्मा झापाको शिवशताक्षि मा आज (आइतबार) बाट निशान राई (बिजु) स्मृति कप सूरू हूदै उद्धघाटन खेलमा आयोजक मिलन स्पोटिङ्ग क्लव र स्टार क्लव केर्खा बिच प्रतिस्पर्धा हुदैछ। आज बाट सूरू भएको प्रत्योगिताको फाइनल खेल २८ गते हुनेछ। प्रत्योगितामा पुर्वाच्लका ८ टिमको सहभागिता रहेको छ प्रत्योगिताको विजेताले रू […]
Nepali Version