१९ औँ बुढासुब्बा गोल्डकप अन्तर्गत आज (शनिबार) संकटा क्लब र नेपाल पुलिस क्लब फाइनलमा भिड्दै छन् । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा फाइनल हुँदैछ। संकटाले रुपन्देही ११ लाई २-१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो भने नेपाल पुलिसले आयोजक धरान फुटबल क्लब ‘रातो’लाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको […]

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करण आज (शनिबार) देखि फागुन १८ गतेसम्म हुनेछ। नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा ६ टोलीको सहभागितामा रहनेछ । ६ टोलीको सहभागितामा साविक विजेता रेलवे इन्डिया, भारतको कोलकत्ता स्पोर्टस एकेडेमी, नेपालको सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले […]

नेपालले एसीसी इमर्जीङ कप क्रिकेट खेल्न पाउने भएको छ । आउँदो मार्च २५ तारिखमा (चैत १२) बंगलादेशमा हुने प्रतियोगितामा अफगानिस्तान र नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलङ्काले समेत सहभागिता जनाउँदै छन्। युएई र हङकङले भने आन्तरिक कारण देखाउँदै नाम फिर्ता लिएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै […]

विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन आज (शनिबार) ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछन् । सो प्रतियोगिता फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुनेछ। प्रतियोगितामा समान ३/३ पुरुष/महिला खेलाडीले टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा आदित सुवेदी, सम्यकभूषण वज्राचार्य र इभेक जोशी रहेका छन्। महिलामा […]

बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा समूह ‘बि’ अन्तर्गत बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङसँगै समान चार अंक भएपनि ‘हेड […]

नेपालमा पहिलो पटक मूए थाई खेल प्रतियोगिताको आयोजना गरिएको छ । काठमाडौंको दशरथ रंगशालास्थित कवर्ड हलमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सो प्रतियोगिताको आयोजना गरिएको हो । नेपाल राष्ट्रिय मूए थाई खेलकुद संघका संस्थापक गणेशलाल कक्षपतिका अनुसार मूए थाई खेलकुद प्रतियोगिता थाईल्याण्डको राष्ट्रिय खेल हो जुन नेपालमा पनि सुरुवात गरिएको छ […]

बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल अन्तर्गत आज (शुक्रबार) भएको खेलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशको चटगाउँ अवहानी क्लब २-२ गोलको बराबरीमा रोकिएको छ । खेलको तेस्रो मिनेटमै ओलावालेको गोलले मनाङले अग्रता लिएको थियाे । मनाङको दोस्रो गोल २२ औँ मिनेटमा ओलावालेले गरे । खेलको ३२ […]

१९ औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आज (शुक्रबार) भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले भारतको युनाइटेड सिक्किमलाई ८-० गोलले पराजित गरेको हो । आर्मीको जितमा अमृत बस्नेतले ह्याट्रिक, दिप लामाले दुई गोल र विवेक बस्नेत, टंक बस्नेत, सन्तोष तामांगले एक एक गोल गरे। आर्मीका लागि विवेकले ११ […]

सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जित्नुको साथसाथै राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । आज (शुक्रबार) भएको प्रतियोगितामा २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि हात पारेकी हुन् । सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा […]

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत १ सय ५ रनमा समेटिएको छ। भारतका ७ ब्याट्सम्यान ११ रन जोड्ने क्रममा आउट भए। यसअघि टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिन ९ विकेट गुमाएर २५६ रन बनाएको थियो । दोस्रो दिनमा ४ रन जोडेर अष्ट्रेलिया अल आउट भएपछि भारतले आफ्नो पहिलो पाली थालेको […]

Nepali Version