बंगलादेश नेभीको बिएमके बास्केटबलमा विजयी सुरुवात

चौथो बिएमके खुला बास्केटबल प्रतियोगिता अनतर्गत आज (शनिबार) भएको खेलमा बंगलादेश नेभीले विजयी सुरुवात गरेको छ। बंगलादेश नेभीले आयोजक विशाल मिलन केन्द्रको टिम बिएमकेलाई ८८–६१ ले पराजित गरेको थिए।

बंगलादेश नेभीले ३०–१३, २३–१९,२२–१० र १३–१९ को अग्रता बनाएको थियो।

यस्तै, नेपाल आर्मीले इनोभेटिभ बानेश्वरलाई १०७–६४ को स्कोरमा पराजित गर्यो। आर्मीले २८–१०, ३४–३०, २२–१४ र २३–१० को अग्रता बनाएको थियो।

महिलातर्फको पहिलो स्पर्धामा भने हिमालयन वाइटहाउसले एनसिसिएसलाई ६५–१५ ले पराजित गर्यो। वाइटहाउसले २३–०२, १३–०५, १६–०२ र १३–०६ स्कोर गरेको थियो।

लिगको आधारमा भइरहेको यो प्रतियोगिताको फाइनल २८ गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेतालाई ३० र उपविजेतालाई २० हजार तथा ‘मस्ट भ्यालुएवल प्लेयर’ लाई १५ हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएका छन्।

7 thoughts on “बंगलादेश नेभीको बिएमके बास्केटबलमा विजयी सुरुवात

  1. Really no matter if someone doesn’t understand then its up
    to other visitors that they will help, so here it happens.

  2. Pingback: priligy 60 mg

Leave a Reply

Your email address will not be published.

Next Post

ललित स्मृति फुटबल प्रतियोगिता आगामी जेष्ठमा हुने

Sat Apr 1 , 2017
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा स्वर्गीय ललित कृष्ण श्रेष्ठको स्मृतिमा ललित स्मृति युथ (यु-१८) च्याम्पियोन फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी जेष्ठ १३ गतेदेखि २९ गतेसम्म हुनेछ। सो प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरु र मोफसलका राष्ट्रिय लिगमा सहभागी भैसकेको टिमहरुले सहभागिता जनाउनेछन्। एन्फाले टिमहरु को इन्ट्रि २०७४ वैशाख […]
Nepali Version