८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पाैडीमा गाैरिका सिंहले १२ स्वर्ण जितिन्

८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१ औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ पुर्‍याएकी छिन्

गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइलमा ००.२७.५९ मा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जित्नुभयो भने १०० मिटर ब्याकस्ट्रोकमा ०१.०७.२२ मा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको हो । यसअघि ५औं राष्ट्रिय खेलकुदमा पौडी खेलाडी करिश्मा कार्कीले १२ स्वर्ण पदक जित्नुभएको थियो ।

प्रतियोगितामा नेपाली सेना पहिलो भएको छ । कुल ३४ स्वर्ण पदकमध्ये आर्मीले २० स्वर्ण १३ रजत र ५ कास्य पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।

यसैगरी नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ स्वर्ण जित्दै दोश्रो भएको छ । एनआरएनएले ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ । एपीएफले ४ स्वर्ण जितेको छ ।

Source: Ujyaloonline

6 thoughts on “८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता : पाैडीमा गाैरिका सिंहले १२ स्वर्ण जितिन्

  1. Pingback: 온라인카지노
  2. Pingback: satta king 2020

Comments are closed.

Next Post

ला लिगा: रियाल म्याड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकियो

Fri Apr 26 , 2019
स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियाल म्याड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ। रियालले गेटाफेलाई दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो। रियाल म्याड्रिडको ३४ खेलबाट ६५ अंक रहेको छ। समान खेलबाट बार्सिलोनाको ८० तथा एट्लेटिकोको ७१ अंक छ। गेटाफेको ५५ अंक भएसँगै चौथो स्थानमा रहेको […]
Nepali Version