हिटिङ सिस्टमको पुलको निर्माण

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरभित्र रहेको स्वीमिङ पुलकै दक्षिणीमा भागमा हिटिङ सिस्टमको पुल बन्ने भएको छ । १० लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको हुनेछ । ३३ करोड ५४ लाख ६३ हजार लागत अनुमान गरिएको स्वीमिङ पुल हातामा तीन मुख्य ब्लक रहने छन् । त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ ।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको चेन्जिङ कक्ष बनाइने छ । पुल ब्लकमा पुल लगायत अरु निर्माण गरिने पौडी संघले जनाएको छ ।

शुक्रबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्वीमिङ पुलको शिलान्यास गरेका छन् ।
स्वीमिङ पुल गर्न राखेपले सरकारमार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने सम्झौता भएको छ । सन् २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको शिलान्यास कार्यक्रममा जानकारी गराइयो ।

मन्त्री केसीले बजेटको आकार सानो भएको मुलुकले ३४ करोड लगानीमा स्वीमिङ पुल निर्माण गर्नु ठूलो विषय भएको बताउँदै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय निकायबाट पनि २५ह२५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने आश्वासन पाएकाले पौडी संघको वर्षौंदेखिको सपना साकार हुने संघका अध्यक्ष अशोक बज्राचार्यले बताए ।

२०७४, कान्तिपुर दैनिक

15 thoughts on “हिटिङ सिस्टमको पुलको निर्माण

  1. Pingback: w88
  2. Pingback: 카지노사이트
  3. Hey I know this is off topic but I was wondering if you
    knew of any widgets I could add to my blog that automatically tweet my newest twitter updates.
    I’ve been looking for a plug-in like this for
    quite some time and was hoping maybe you would have some experience with something like this.
    Please let me know if you run into anything. I truly enjoy reading your blog and I look forward to
    your new updates. http://hydroxychloroquined.online/

Leave a Reply

Your email address will not be published.

Next Post

कोन्टिन्होले गरे ट्रान्सफरको माग

Sat Aug 12 , 2017
लिभरपुलका मिडफिल्डर फिलिप कोन्टिन्होले क्लब छोड्न इच्छा व्यक्त गरेका छन् । उनले क्लब समक्ष ट्रान्सफर अनुरोध पेश गरेका छन् । मिडिया रिपोर्टका अनुसार काउन्टिन्होले इमेल मार्फत क्लब छाड्ने इच्छाबारे जानकारी दिएका थिए ।तर लिभरपुलले उनको प्रस्ताव अस्वीकार गरेको छ । लिभरपुलले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै वक्तव्य जारी गरेको केही घण्टापछि […]
Nepali Version