कोरियामा नेपालले जित्यो ११ स्वर्ण

दक्षिण कोरियाको मुजु सहरमा भएको ११ औं वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोमा नेपाली टिमले ११ स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको छ ।

नेपालले फाइटतर्फ ८ स्वर्ण र पुम्सेमा तीन स्वर्ण जितेको नेपालका टिम लिडर कुमार लामा घिसिङले जानकारी गराएका छन् । सोमबार पुरुष फाइटतर्फ २२ केजीमा रोहन माझी, ३३ केजीमा उज्वल कटुवाल, ४० केजीमा प्रतीक श्रेष्ठ, ५४ केजीमा राहुल माझी, ५८ केजीमा दिविहाङ लिम्बू र ६३ केजीमा रिमन महर्जनले स्वर्ण जिते ।

४४ वर्षभन्दा माथिको ८० केजीमा प्रेम भण्डारीले रजत पदक जिते । उनी चाइनिज ताइपेईका खेलाडीसँग टाइब्रेकरमा पराजित भए । प्रेमले पुम्सेमा पनि रजत जिते । फाइटमै ८७ केजीमा अनिश महर्जनले रजत, ३० केजीमा अभिव श्रेष्ठ र ३५ केजीमा राहुल थापामगरले कांस्य पदक जिते । महिलाको फाइटतर्फ ७८ केजीमा सुमित्रा खत्रिले रजत जितिन् ।

पुरुष पुम्सेतर्फ १३ वर्षमुनि स्वरुप भण्डारी र १५ वर्षमुनि नवीन श्रेष्ठले स्वर्ण पदक जिते । १४ वर्षमुनि प्रसुन तामाङले रजत र १२ वर्षमुनि अभिव शाक्यले कांस्य जिते । टिम लिडर कुमार लामाले ३५ वर्षमुनि कांस्य जितेका थिए ।

११ औं वल्र्ड तेक्वान्दो कल्चरल एक्स्पोका क्रममा टिम लिडर कुमार लामा घिसिङ र प्रशिक्षक नोर्बु लामा सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेल विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै मुजु तेक्वान्दोले उनीहरूलाई सम्मान गरेको हो ।

२०७४ कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published.

Next Post

वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा चार नेपाली खेलाडी सहभागी हुने

Tue Jul 18 , 2017
१७ औं फिना वर्ल्ड स्वीमिङ च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले सहभागिता जनाउँदैछन्। जुलाई २३ बाट हंगेरीमा सुरु हुने स्वीमिङ च्याम्पियनसिपमा नेपालबाट २ महिला, २ पुरुष खेलाडी र प्रशिक्षक रत्नलाल महर्जन र अफिसियन पारस भोली (बुधबार) हंगेरी प्रस्थान गर्नेछन्। नेपालबाट सोफिया शाहले महिलाको ५० मिटर फ्रिस्टाइल र १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्। […]
Nepali Version