१३ औं सागका पाँच खेल पोखरामा हुने

१३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपालमा आयोजना हुने भएको छ जसमध्ये पाँच खेल पोखरामा हुनेछ। १३ औं साग तयारीमा पोखरा आएको पूर्वाधार निर्माण समितिले पोखरामा पाँच खेल हुने जानकारी दिएको हो।

पोखरामा हुने पाँच खेलहरुमा भलिबल, ह्याण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन रहेका छन् ।

त्यस्तै कास्कीका विभिन्न खेल पदाधिकारीहरुले पोखरामा १३ औं सागको उद्घाटन वा समापन कार्यक्रममध्ये एक आयोजना गर्नुपर्नेमा जोड दिँदै पोखरामा कम्तिमा पनि १० खेल आयोजना गर्न सकिने बताएका थिए।

नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम् नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरूङ्गले पोखरामा जनस्तरबाटै खेलप्रतीको चासो रहेको र प्रस्तावित पाँच खेलमा अझै थप्न आग्रह गरे।

सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरूङ, कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुली, पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले पोखरामा धेरै भन्दा धेरै खेलहरु आयोजना गर्न सुझाएका थिए।

१३ औं सागको तयारीका लागि पोखरा आएको टोलीले पोखरामा निर्माणाधिन पूर्वाधारहरुको निरीक्षणसमेत गरेको थियो ।

१३ औं दक्षिण एशियाली खेलकुदमा नेपालमा २५ खेलका लागि प्रस्तावित गरिएको छ र सन् २०१९ मार्च ९ देखि १८ सम्म हुँदैछ। नेपालमा पहिलो दक्षिण एशियाली खेलकुद १९८४ मा भएको थियो। नेपालका लागि भने १३ औं साग आयोजनाका हिसाबले तेस्रो हो।

2 thoughts on “१३ औं सागका पाँच खेल पोखरामा हुने

  1. Pingback: 바카라사이트
  2. Pingback: bandar togel

Leave a Reply

Your email address will not be published.

Next Post

जापान स्की संघद्वारा नेपाललाई खेल सामाग्री सहयोग

Thu Jul 13 , 2017
जापान स्की संघले नेपालमा स्की खेल विकासको लागि खेल सामाग्री सहयोग गरेको छ । काठमाडौंस्थित जापानी दुतावासमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा जापानका राजदुत मासासी ओगावाले नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेका छन् । जापानले नेपाल स्की संघलाई १२ सेट स्की, ६ जोर जुत्ता तथा ६ […]
Nepali Version