भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक

नेपाल भलिबल संघले आज (शनिबार) राजधानीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न प्रतियोगिता, रेफ्री सेमिनार, महोत्सव, अन्तर्राष्ट्रिय सहभागितासहित २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरे।

संघले वार्षिक योजनामा पहिलो पटक स्कुलस्तरमा महिला र पुरुषको युथ टुर्नामेन्ट गर्ने, भलिबल दिवस मनाउने, राष्ट्रिय प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई निरन्तरा दिने कुरा सार्वजनिक गरेको हो।

त्यस्तै संघले असार महिनामा एभीसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी राष्ट्रिय पुरुष तथा महिला टोलीलाई सम्मान गर्ने भएको छ।

वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ। दुई टोलीवीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ।

त्यसैगरी संघले पहिलो पटक यू–१८ महिला तथा पुरुष अन्तर विद्यालय र अन्तर कलेज भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ ।

यस्तै सांसद महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता र राष्ट्रिय मेयर कप गर्ने पनि योजनामा उल्लेख छ।

घोषित कार्यक्रममा विद्यालयस्तरदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षकका लागि पनि कार्यक्रम निर्धारण गरिएको छ। जसमा साउन महिनामा प्रशिक्षकहरुका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ।

भलिबल राष्ट्रिय खेल घोषणा भएपछि देशभरि भलिबल सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जिल्ला संघहरुलाई परिचालन गरिने पनि संघले जनाएको छ। भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको दिन जेठ ८ गते भलिबल दिवस मनाउने घोषणा गरिएको छ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माले राष्ट्रिय खेलको विकास र विस्तारका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए। कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, रञ्जन खड्का, सचिव जगदिश भट्ट, कोषाध्यक्ष सुनकेसरी माली, विद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसी, पदाधिकारी, रेफ्री, प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो।
२०७५/७५ को लागि भलिबल संघको वार्षिक कार्यक्रम

One thought on “भलिबल संघको वार्षिक कार्यक्रम सार्वजनिक

  1. I needed to draft you a bit of word to give many thanks over again about the great basics you’ve featured here. This has been so strangely generous with people like you to present publicly all numerous people could have made available as an electronic book in order to make some cash for their own end, mostly now that you could possibly have tried it in the event you decided. The concepts also served to be a good way to be aware that other people have the same keenness much like my very own to figure out whole lot more regarding this matter. I’m sure there are a lot more pleasurable periods in the future for individuals that read your site.

Leave a Reply

Your email address will not be published.

Next Post

अन्तर मिडिया फुटसल साउनको पहिलो साता हुने

Sat Jun 10 , 2017
गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप आगामी साउनको पहिलो साता हुने भएको छ । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा सो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता गोल पोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैसेपाटीमा हुने आयोजकले जनाएको छ । प्रतियोेगितामा […]
Nepali Version