नेपालमा पहिलो पटक मूए थाई खेलको आयोजना

नेपालमा पहिलो पटक मूए थाई खेल प्रतियोगिताको आयोजना गरिएको छ । काठमाडौंको दशरथ रंगशालास्थित कवर्ड हलमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सो प्रतियोगिताको आयोजना गरिएको हो ।

नेपाल राष्ट्रिय मूए थाई खेलकुद संघका संस्थापक गणेशलाल कक्षपतिका अनुसार मूए थाई खेलकुद प्रतियोगिता थाईल्याण्डको राष्ट्रिय खेल हो जुन नेपालमा पनि सुरुवात गरिएको छ ।

थाईल्याण्ड स्वतन्त्र आन्दोलनको विजय विनाहतियार भएकाले त्यसैको स्मरणमा थाई सरकारले यसलाई राष्ट्रिय खेलकुदको मान्यता दिएको हो । नेपालमा यसको सुरुवात भएपनि खासै प्रभावकारी हुन नसकेको खेलका मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Next Post

मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश

Sat Feb 25 , 2017
बङ्गलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालको मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा समूह ‘बि’ अन्तर्गत बंगलादेशको मोहमोदेन स्पोटिङ क्लबले अफागानिस्तानको शाहिन आस्मयीलाई २–१ गोल अन्तरले हराएपछि हेड टु हेडका आधारमा मनाङ सेमिफाइनलमा पुगेको हो । मनाङसँगै समान चार अंक भएपनि ‘हेड […]
Nepali Version