कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
शुक्रवार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मीद्वारा हिमालयन शेर्पा २-० ले पराजित भएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो।
दोस्रो हाफमा ५७ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। खेलको ६१ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।
खेलको म्यान अफ दि म्याच भरत खवास बने।
आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ। शेर्पाले भने ३ खेलबाट २ अंक जोडेको छ।