दक्षिण एसियाली खेलकुद (साफ) का लागि नेपाली टोलीको घोषणा

नेपालमा डिसेम्बर १ तारिखदेखि आयोजना हुने दक्षिण एसियाली खेलकुल (साग) का लागि नेपाली फुटबल टिमको घोषणा गरिएको छ।

प्रतियोगिता सुरु हुन २० दिन बाँकी रहँदा नेपालले ३ सिनियर खेलाडी समावेश गर्दै यू–२३ राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको हो।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गर्दै २० सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टिम

गोलकिपर: विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर: अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर: सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आङदाम्बे, तेज तामाङ

फर्वाड: विमल घर्ती मगर, अभिसेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट

Next Post

भैरव देशभक्त सेमी फाईनल प्रवेश

Wed Nov 13 , 2019
चौथो सयपत्री गोल्ड कप अन्तर्गत हिजो भएको प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल अन्तर्गत सिद्धार्थ क्लब माथि ३-२ को जित निकाल्दै भैरव देशभक्तले सेमी फाइनल प्रवेश गरेको छ। पहिलो हाफ गोल रहित खेलेका दुवै टोलीले दोश्रो हाफमा उत्कृस्ट प्रदर्शन गरेका थिए। दोश्रो हाफको सुरुवाती समयमा भैरव देशभक्तको निम्ति अनुप गुरुङले खेलको […]
Nepali Version