फर्साटिकर युवा क्लब सेमी-फाइनलमा

रुपन्देहीमा जारी चौथो सयपत्री गोल्डकप २०७६ अन्तर्गत आज प्रतियोगिताको तेश्रो क्वाटर फाईनल खेल अन्तर्गत अभिषेक चर्च, रजहरलाई १ को बिरुद्ध २ गोलले पराजित गर्दै फर्साटिकर युवा क्लब जारी प्रतियोगिताको सेमी फाईनल प्रवेश गरेको छ।

पहिलो हाफको ६ औ मिनेटमा टिकाराज गुरुङले गोल गर्दा फर्साटिकरले १ गोलको अग्रता लिएको थियो भनि पुनः टिकाराजले २३ औ मिनेट मा गोल गर्दा फर्साटिकर पहिलो हाफमा २ गोलको अग्रता लिएको थियो।

दोश्रो हाफमा आकर्षक खेल प्रस्तुत गरेको अभिषेक चर्चले खेल को ५९औ मिनट मा डेविडको गोल को मद्दतले गोल अन्तर कम गरेको थियो। फर्साटिकरका टिका राज गुरुङ लाइ खेलको ” म्यान अफ द म्याच ” घोसित गरिएको थियो।

यसै गरी मंगलबार हुने प्रतियोगिताको अन्तिम क्वाटर फाईनल खेल अन्तर्गत भैरव देशभक्त युवा क्लब, नवलपरासी र सिद्धार्थ युवा क्लब, बासगढी बीच हुनेछ। खेल रामनगर मैदानमा दिनको ३ बजे हुनेछ।

मनोज

Next Post

लिभरपुलका डिफेण्डर भान डाइकको नयाँ किर्तिमान

Tue Nov 12 , 2019
लिभरपुलका डिफेण्डर भर्जिल भान डाइक ५० वेष्ट अवार्ड जित्ने पहिलो डिफेण्डर भएका छन्। यो अवार्डका लागि भान डाइकसँगै बार्सिलोनाका कप्तान लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह प्रमुख दावेदार थिए। तर लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका उनले बाजी मारे। टोटनहृयामलाई २-० ले हराएर लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको […]
Nepali Version