सिद्धार्थ युवा क्लब, बासगढी क्वाटर फाईनल प्रवेश

बुटवल, रुपन्देहीमा जारी चौथो सयपत्री गोल्ड कपको खेलमा सिम्रिक युवा क्लब बुटवलको चुनौती समाप्त भएको छ।

आज भएको खेलमा सिद्धार्थले १-० को अन्तरले खेल जित्नुको साथ क्वाटर फाईनल प्रवेश गरेको छ।

पहिलो हाफ गोल रहित खेलेका दुवै टोलीले दोश्रो हाफको सुरुवात देखि नै आक्रामक खेल अपनाएका थिए तर सफलता भने दोश्रो हाफको ३२ औ मिनेटमा सिद्धार्थको लागि जमिर मियाले गोल मार्फत दिलाएका थिए र खेलको ” म्यान अफ द म्याच ” घोसित भए।

भोलि शनिबार प्रतियोगिताको पहिलो क्वाटर फाईनल अन्तर्गत आयोज़क सयपत्री युवा क्लब, रामनगर र पाल्पा ११ बिच हुनेछ।

प्रतियोगिताको विजेताले रु. २,२२,२२२ र उपविजेताले रु. १, ११, १११ प्राप्त गर्ने छन्। भोलिको खेल अपरान्ह ३ बजे हुने आयोजकले जानकारी दिएका छन्।

(मनोज थापा, खेलकुदनेपाल)

Next Post

सयपत्रीको सेमिफाइनल यात्रा

Sat Nov 9 , 2019
बुटवल, रुपन्देहीमा जारी चौथो सयपत्री गोल्ड कप अन्तर्गत आयोजक सयपत्रीले ९0+३ मिनेटमा सरोज योञ्जनको गोलको मद्दतले आयोज़क सयपत्रीले सेमिफाइनल यात्रा तय गरेको छ। पहिलो हाफको २१ औ मिनेटमा पाल्पा ११ को निम्ति सुस्मित के.सी. को गोलले अग्रता लिएको पाल्पा ११ भने दोश्रो हाफमा आयोजक सामु निरिह देखिएको थियो। पहिलो हाफमा […]
Nepali Version