पीएसजले जित्यो फ्रेन्च सुपर कपको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपर कपको उपाधि हात पारेको छ। पीएसजीले यो उपाधि नवौं पटक जितेको हो ।

आज भएको फाईनल खेलमा पीएसजीले रेन्नेसलाई २-१ ले पराजित गरेको हो ।

खेलको १३ औं मिनेटमा एड्रीएन हुनोउले रेन्नेसलाई अग्रता दिलाएका थिए । रेन्नेसले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५७ औं मिनेटमा युवा फरवार्ड किलियन एमबाप्पेले बराबरी गोल गरेका थिए ।

यसै सिजन क्लबमा आएका पाब्लो साराबियाको पासमा एम्बाप्पेए गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्जल डी मारियाले ७३ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

Next Post

क्विक्स कपको उपाधि स्मृति बो. लाई

Sun Aug 4 , 2019
स्मृति बो. ले क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिता, रुपन्देहीको छात्रा तर्फको उपाधि जितेको छ। आज भएको फाइनल खेलमा शान्ति न.मा. वि. लाई ४ गोलले पराजित गर्दै स्मृति बो. ले उपाधि हात पारेको हो। स्मृति बो. लाई जित दिलाउन मायासरी गह, अन्जु दर्लामी र रितु तामांगले गोल गरेका छन्। शान्ति […]
Nepali Version