मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल खेल्न ३ महिना प्रतिबन्ध

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ ।

कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका थिए ।

उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।

दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ ।  तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले  आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।

यस प्रतिबन्ध कायम रहेमा मेस्सीले अर्जेन्टिनाबाट चिली, मेक्सिको र जर्मनीसँग सेप्टेम्बर र अक्टोबरमा हुने खेलहरु गुमाउने छन् । तर मेस्सीले क्लब फुटबल भने निरन्तर खेल्ने छन् ।

 

 

Next Post

स्मृति र स्कोलर्स होम फाइनलमा प्रवेश

Sat Aug 3 , 2019
क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्र तर्फको फाइनलमा स्मृति ई.बो.स्कुल र स्कोलर्स होम फाइनलमा प्रवेश गरेका छन्।   प्रतियोगिताको पहिलो सेमी फाइनलमा स्मृति ई.बो.स्कुलले सिद्धार्थ ई.बो.स्कूललाई ० को बिरुद्ध ४ गोलले पराजित गर्दै गरेको थियो। स्मृतिको जितमा विजय पुन र प्रसान्त प्रताप सेनले १-१ गोल र सदिप के.सी. ले […]
Nepali Version