लिग डेब्युमै विमलको गोल

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टिसी स्पोर्ट्सले लिग अन्तर्गत बिहीबार भएको खेलमा क्लब इगल्सविरुद्ध हारबाट जोगिएको छ ।

उनको माल्दिभ्स लिगमा डेब्यु खेल पनि थियो ।

खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा विमलले गोल गरेपछि लिग च्याम्पियन टिसीले १-१ को बराबरी खेल्दै अपराजित यात्रालाई कायम राखेको हो ।

पहिलो खेलमा टिसी ४-० ले विजयी रहेको थियो । बिहीबार क्लब इगल्सले खेलको ८२ औं मिनेटमा अलि फसिरको गोलमा अग्रता लिएको थियो । काउन्टर अट्याक गर्ने क्रममा टिसीका दुई डिफेन्डरको गल्तिको फाइदा उठाउँदै फसिरले गोल गरे ।

इन्ज्युरी समयमा विमलले हेडर मार्फत गोल गर्दै टिसीलाई अंक दिलाए । उनले दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्रबाट गोलमा परिणत गरेका थिए । विमलले टिसीका लागि पछिल्लो लिग खेलमा खेलेका थिएनन् । उनले लिग डेब्युमै गोल गरेका हुन् ।

यसअघि च्यारिटी सिल्डमा विमलले दुई गोल गर्दा टिसीले सिजनको सुरुवात नै उपाधिबाट गरेको थियो । विमल यसै सिजन एक वर्षका लागि टिसी स्पोर्ट्स पुगेका हुन् ।

Source: Hamrokhelkud

Next Post

काेपा अमेरिका: उरुग्वे र जापान बराबरीमा राेकिए

Fri Jun 21 , 2019
कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गाेलकाे बराबरीमा रोकिएको छ । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । जापानले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । गाकु शिबाशाकीको लामो पासलाई कोजी मियोशीले सदुपयोग गर्दै गोल गरेका थिए । तर त्यसको ५ मिनेटमा नै […]
Nepali Version