रोनाल्डोलाई उत्कृष्ट गोलको उपाधि

युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड जितेको छ ।

यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य रोनाल्डोको गोल शीर्षस्थानमा परेको हो । रोनाल्डोको गोलले बार्सिलोनाका लिओनेल मेसीले लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल र लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको चिप गोललाई पछाडी पारेको हो । रोनाल्डोले लगातार दोस्रो सिजन यो उपाधि हात पारेका हुन् । उनले अघिल्लो सिजन रियलबाट खेल्दै युभेन्टसविरुद्ध गरेको गोलमा अवार्ड जितेका थिए ।

शीर्ष १० गोलमा बार्सिलोनाका ५ खेलाडीले स्थान बनाएका थिए । मेसीको फ्रिकिकसँगै लुइस सुआरेज, ओस्मान डेम्बेले, फिलिपे कोउटिन्हो र इभान राकिटिचले पनि शीर्ष १० मा स्थान बनाए । शीर्ष १० मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३ खेलाडीले गोल गरेका थिए । म्यानचेस्टर सिटीका रहिम स्टरलिङ र लेरोय सानेले पनि स्थान बनाए । किलियन एम्बाप्पेको गोलले पनि शीर्ष १० स्थान कायम गर्यो ।

शीर्ष १० वरीयता :
१. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध म्यानचेस्टर युनाइटेड)
२. लिओनेल मेसी (बार्सिलोना विरुद्ध लिभरपुल)
३. साडियो माने (बायर्न विरुद्ध लिभरपुल)
४. इभान राकीटिच (टोटेनहम विरुद्ध बार्सिलोना)
५. लेरोय साने (म्यानचेस्टर सिटी विरुद्ध होफेनहाम्रोखेलकुदाइम)
६. किलीयन एम्बाप्पे (म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन)
७. रहिम स्टरलिङ (म्यानचेस्टर सिटी विरुद्ध शाख्तर डोनेस्क)
८. ओस्मान डेम्बेले (बार्सिलोना विरुद्ध टोटेनहम)
९. फिलिपे कोउटिन्हो (बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड)
१०. लुइस सुआरेज (बार्सिलोना विरुद्ध लिभरपुल)

Source: Hamrokhelkud

Next Post

जोभिचलाई रियल म्याड्रिडले भित्र्यायो

Tue Jun 4 , 2019
स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याएको छ । रियलले जोभिचलाई अनुबन्धन गर्न ६० मिलियन युरो खर्च गरेको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि सम्झौता गर्नेछन् । उनले यस […]
Nepali Version