यी हुन् लिजेन्ड रोनाल्डोका नजरमा ‘उत्कृष्ट पाँच’ खेलाडी

एजेन्सी, जेठ १७
विश्वकपविजेता लिजेन्ड खेलाडी रोनाल्डोले आफ्ना उत्कृष्ट पाँच खेलाडी छानेका छन् । स्पेनिस पत्रिका ‘एएस’सँग कुरा गर्दै रोनाल्डोले आफूलाई मन पर्ने खेलाडीको नाम लिएका हुन् ।

अन्तर्वार्ताक्रममा रोनाल्डोलाई आफूलाई मन पर्ने ५ जना खेलाडीको नाम लिन भनिएको थियो । जहाँ ब्राजिललाई विश्वकप जिताएका रोनाल्डोले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी मेस्सीलाई नम्बर वानमा राखेका छन् ।

तर, रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कपसमेत जिताएका इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको नाममा उत्कृष्ट पाँचमा लिएनन् । बरु, उनले बेल्जियमका इडेन हाजार्डलाई उत्कृष्ट खेलाडीको सूचीमा राखे ।

‘अवश्य पनि मेस्सी । उनी नम्बर वान हुन् । उनीसँग यस्तो क्षमता छ कि, यस्तै कुरा अरू खेलाडीबाट हेर्न हामीले कम्तीमा ३० वर्ष पर्खनुपर्छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले मेस्सीपछि ४ जना खेलाडीको नाम लिँदा पनि पोर्चुगिज रोनाल्डोको नाम आएन । ‘मलाई मोहमद सालाह, इडेन हाजार्ड, नेइमार मन पर्छ । म केलियन एमबाप्पेको खेल हेर्न पनि रुचाउँछु ।’

Next Post

रंगशालामा डोजर चल्यो तर, चितवनबाटै धुर्मुसलाई सहयोगको ओइरो (भिडियोसहित)

Fri May 31 , 2019
चितवन । चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग घोषणा भएको छ । शुक्रबार भरतपुर गार्डेन रिसोर्टसहित केही व्यवसायीले रंगशाला निर्माणार्थ सहयोग घोषणा गरेका हुन् । रंगशालाको पर्खाल भत्किएको विषय चर्चामै रहेका बेला चितवनबाटै सहयोग घोषणा भएको हो । भरतपुर गार्डेन रिसोर्टले धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको रंगशालाका […]
Nepali Version