नेपाली टोली आज मलेसिया जाँदै

दुई वटा मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष फुटबल टोली आज साँझ मलेसिया प्रस्थान गर्दैछ ।

नेपालले यही जुन २ (जेठ १९) मा मलेसिया र जुन ६ (जेठ २३) मा चाइनिज ताइपेईसँग खेल्दैछ। अखिल नेपाल फुटबल संघ एन्फाले विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाई गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले दुवै खेलमा राम्रो प्रदर्शन गर्न शुभकामना दिँदै टोलीलाई एन्फा कम्प्क्सबाट बिदाई गरे।

नेपाली टिम :

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी,  रबि सिलवाल

मिडफिल्डर/ फरवार्ड : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,  अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना,  नवयुग श्रेष्ठ

2 thoughts on “नेपाली टोली आज मलेसिया जाँदै

  1. Pingback: 카지노

Comments are closed.

Next Post

वेस्ट इन्डिजको सानदार विजयी सुरुवात

Fri May 31 , 2019
वेस्ट इन्डिजले एक दिवसिय विश्वकप क्रिकेटमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । १ सय ६ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि ओपनर क्रिस गेलले ३४ बलमा ६ चौका र ३ […]
Nepali Version