पहिलोपटक भारतीय महिला फुटबल लिगमा सहभागिता जनाएर सावित्रा र अनिता स्वदेश फिर्ता

भारतीय महिला लिग फुटबलमा पहिलो पटक सहभागिता जनाउँदा आफ्नो टिम सेथुलाई च्याम्पियन बनाएकी सावित्रा भण्डारी र अनिता बस्नेत स्वदेश फर्किएका छन् ।

सेथुलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेकी सावित्राले भारतीय महिला लिग नेपालको भन्दा निकै व्यवसायिक र धेरै कुरा सिक्न पाएको बताइन् । उनले आफ्नो सतप्रतिशत दिएर खेलेकाले पनि राम्रो सफलता हात पारेको बताइन् ।

लिगमा एक खेल बाहेक हरेक खेलमा गोल गरेकी सावित्राले नेपाल र भारतको महिला लिगमा ठूलो अन्तर रहेको र नेपालमा पनि महिला लिगको अवधि लम्ब्याउन आवश्यक रहेको प्रतिक्रिया दिइन् ।

यस्तै अनिता बस्नतेले पनि यो पटक भारतीय खेलमा धेरै सिक्ने मौका पाएको बताइन् । आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताउने उनले आफूले सिकेको कुराले राष्ट्रिय टिमलाई फाइदा हुने बताइन् ।

Source: Ujyaloonline

2 thoughts on “पहिलोपटक भारतीय महिला फुटबल लिगमा सहभागिता जनाएर सावित्रा र अनिता स्वदेश फिर्ता

  1. Pingback: taipanqq

Comments are closed.

Next Post

बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले जित्यो कोपा डेल रे को उपाधि

Sun May 26 , 2019
स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना भ्यालेन्सियाले तुहाएको छ । ला लिगापछि कोपा डेल रे को उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको हो । शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै भ्यालेनसियाले उपाधी जितेको हो। भ्यालेनसियाका केभिन गेमिरोले २१ र रोडिरागोले  ३३ मिनेटमा […]
Nepali Version