राइम्ससँग पीएसजी ३-१ ले पराजित

  फ्रान्सेली लिग वनको अन्तिम चरणको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) राइम्ससँग ३-१ ले पराजित भएको छ ।

खेलको ३६ औं मिनेटमा रहमान बाबाले राइम्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको राइम्सका लागि दोस्रो हाफको ५६ औं मिनेटमा माथ्यु काफारोले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि किलियन एमबाप्पेले एक गोल फर्काए ।

तर खेलको ९० औं मिनेटमा पाब्लो चभारियाले रहमान बाबाको पासमा गोल गर्दै राइम्सको जित पक्का गरे । यस जितस्संगे राइम्सले लिगको आठौं स्थान पक्का गर्यो ।

पीएसजी ले ३८ खेलमा २९ जित, ४ बराबरी र ५ हारसहित ओइएस्जिले ९१ अंक जोड्यो ।

Next Post

मेस्सीले जिते छैटाैँ पटक गाेल्डेन बुट

Sat May 25 , 2019
लिओनल मेस्सीले करियरको छैटौँ पटक युरोपेली गोल्डेन बुट हात पारेका छन। मेसीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका थिए । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो । मेसीको लगातार तेस्रो जित हुँदा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको भने यो […]
Nepali Version