झापा ११ लाई पराजित गर्दै संकटाले उपाधि उचाल्यो

संकटा क्लबले चितवनमा जारी भरतपुर गोल्डकपको उपाधि उचालेको छ।

उपाधि भिडन्तमा झापा ११ लाई पराजित गर्दै संकटा क्लबले सिजनको पहिलो उपाधि उचालेको हो।

संकटालाई च्याम्पियन बनाउन अमित तामाङ र लक्ष्मण रुचालले गोल गरे। एक गोल उपहार पाएको थियो।

चितवन नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको १४औं मिनेटमा अमित तामाङले फ्रिकिकमार्फत गोल गर्दै संकटालाई अघि बढाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफको अन्तिम समयतिर दुई गोल गर्न सफल भयो । ८७औं मिनेटमा सुमित मैनालीले आफ्नै पोस्टमा गोल गरेपछि संकटा २–० ले अघि बढ्यो ।

संकटाका गोलरक्षक राजाबाबुको लामो पासमा सुमित मैनालीले ब्याक पास दिदा आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । अन्तिम समयमा काउन्टर एट्याकमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई च्याम्पियन बनाए ।

फाइनल खेलमा संकटाका अमित तामाङ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार रुपैया प्राप्त गरे।

च्याम्पियन बनेसँगै संकटाले ६ लाख रुपैया प्राप्त ग¥यो । दोस्रो भएको मग मग झापा–११ ले ३ लाख रुपैयामा चित्त बुझायो । संकटाका अमित तामाङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ४० हजार रुपैया पाए ।

भरतपुर गोल्डकपका उत्कृष्टहरु:

सर्वाेत्कृष्ट खेलाडी – अमित तामाङ (संकटा)
फरवार्ड – निशान लिम्बु (झापा)
मिडफिल्ड – सन्जोक राई (झापा)
डिफेन्डर – सुधांशु चौधरी (चितवन–११)
गोलरक्षक – राजबाबु थापा (संकटा)

उनीहरु सबैले समान २० हजार रुपैया प्राप्त गरे।

3 thoughts on “झापा ११ लाई पराजित गर्दै संकटाले उपाधि उचाल्यो

  1. Pingback: alcohol

Comments are closed.

Next Post

भारतलाई पराजित गर्दै पाकिस्तान बन्यो च्याम्पियन

Sat May 18 , 2019
चिरप्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले हृवीलचियर टी-२० क्रिकेटको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १० रनको शानदार योगफल तयार पारे पनि जितको लागि पर्याप्त भएन । […]
Nepali Version