रियलबाट यो सिजन बाहिरिने १४ खेलाडी

स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराव प्रदर्शनलाई निरन्तरता दियो । रियलले यस्तो खालको कमजोर प्रदर्शन कहिल्यै गरेको थिएन ।

Image result for real madrid sad

खराव प्रदर्शनलाई निरन्तरता दिदा रियल यो सिजन उपाधि विमुख बन्यो । रियल च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको उपाधिबाट विमुख बन्यो । टिमले यतिसम्मको कमजोर प्रदर्शन गर्नुमा सिजनको सुरुमै सदावहार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदानले क्लब छाड्नुलाई लिइएको छ ।

Related image

९ महिनापछि जिदान रियलमा फर्किएका छन् । उनले आफुले तीन वर्ष रियलमा विताएको सफल कार्यकाललाई दोहोर्याउन यो समरमा टिममा व्यापक फेरबदल गर्ने तयारी गरेका छन् । प्रशिक्षक जिदानले यो सिजन इडेन हजार्ड, पल पोग्वा र लुका जोभिकजस्ता खेलाडीलाई अनुबन्धित गरी टिमबाट करिव १४ खेलाडीलाई बिदा गर्ने नामावली तयार पारेका छन् । जसमा सबैभन्दा ठुलो नाम ग्यारेथ बेल रहेको छ ।

Image result for real madrid leaving 2019

रियलबाट बाहिरिने १४ खेलाडीहरु:
केलर नाभास (गोलरक्षक)
जेसस भालेजो (डिफेन्डर)
थियो हर्नान्डेज (डिफेन्डर)
सर्जियो रिगुइलन (डिफेन्डर)
ड्यानी सेवालस (मिडफिल्ड)
मार्काेस लोरेन्टे (मिडफिल्ड)
माटियो कोभासिस (मिडफिल्ड)
हामेस रोड्रिग्वेज (मिडफिल्ड)
मार्टिन ओडेगार्ड (मिडफिल्ड)
ओस्कार रोड्रिग्वेज (मिडफिल्ड)
ग्यारेथ बेल (फरवार्ड)
लुकास भास्क्वेज (फरवार्ड)
ब्राहिम डियाज (फरवार्ड)
मारियानो डियाज (फरवार्ड)

Next Post

महिला क्रिकेट : ४ रनमै अलआउट, इतिहासमै पहिलाे पटक सबै खेलाडी बाेल्ड!

Thu May 16 , 2019
भारतको  यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अलआउट भएको छ । मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा बिहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल उट भयो । उसका कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् । सबै खेलाडी बोल्ड आउट भएका थिए । टिमले जोडेको ४ रन पनि अतिरिक्तबाट […]
Nepali Version