भारतीय महिला फुटबल लिगमा सावित्राको टोलीले गर्‍यो गोलको वर्षा

भारतीय महिला फुटबल लिगमा सेथु फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ।

शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबलाई ९–० गोलको फराकिलो अन्तरले हराएको हो ।

पहिलो दुई खेलमा प्लेइङ सेटमा परेकी सावित्रा शुक्रबार सुरुवातमा बेन्चमा बसेकी थिइन् । उनको स्थानमा अनिता बस्नेतलाई सुरुवातमा खेलाएको थियो ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी सावित्राले प्रवेश गरेको केही मिनेटमा नै गोल गरिन् । शुक्रबारको खेलमा भारतीय खेलाडी रतनबालाले व्यक्तिगत चार गोल गरिन् ।

खेलको तेस्रो, २८ औं, ७४ औं र ८९ औं मिनेटमा गोल गरिन् । यस्तै खेलको ८ औं र ८७ औं मिनेटमा सन्ध्याले गोल गरिन् । ८२ औ मिनेटमा सब्सिच्युट खेलाडी सावित्राले ग्रसीको क्रसलाई सदुपयोग गर्दै गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्‍याइन् ।

त्यसपछि सेतुले अर्को एक गोल थपेपछि नौ शून्यको भारी जित निकाल्यो । जारी प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको सेतुले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । यता साइ एसटीसीको यो लिगमा दोस्रो ठूलो हार हो । यसअघि उसले मनिपुर पुलिस स्पोर्टस टिमसँग १०–० को हार ब्यहोरेको थियो ।

Source: Ujyaloonline

One thought on “भारतीय महिला फुटबल लिगमा सावित्राको टोलीले गर्‍यो गोलको वर्षा

Comments are closed.

Next Post

ललित स्मृति यु–१८ च्याम्पियनसिप जेठ २९ मा हुने

Fri May 10 , 2019
चौथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिप जेठ २९ गते सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बार्षिक रुपमा सञ्चालन गर्ने प्रतियोगिताको जेठको अन्तिम साता हुने तय भएको हो । प्रतियोगितालाई साफ यु–१८ फुटबल च्याम्पियनसिपको तयारीको रुपमा हेरिएको छ । प्रतियोगिता यस बर्ष नेपालमै आयोजना गर्ने दक्षिण […]
Nepali Version