झापामा पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता चैत्रमा हुने

नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजना झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पूर्वाञ्चलमा रहेको सैनिक स्पोर्टिङ्ग क्लब, लखनपुर ११, काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर, उर्लावारी फुटबल क्लब, प्रहरी तालिम केन्द्र रानी, शसस्त्र प्रहरी विभागीय टिम लखनपुर, शरणामती फुटबल क्लब झापा, विर्तामोड युनाईटेड क्लब सहित ८ टिमले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११, दोश्रो हुनेले नगद ५० हजार १ सय ११ रुपैँया नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्ता प्रतियोगिताले मोफसलमा बसेर संघर्ष गरि रहेका खेलाडीको प्रतिभालाई चिनाउन मद्दत गर्ने वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामाले बताए ।

Leave a Reply

Your email address will not be published.

Next Post

एसियन कप छनोट खेलमा नेपाल र फिलिपिन्स भिड्दै

Tue Mar 28 , 2017
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा आज (मंगलबार) नेपाल र फिलिपिन्स भिड्दै छन। रिजाल मेमोरियल स्टेडियममा नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे नेपालले घरेलु टोलीको सामना गर्नेछ। गत वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका जापानिज प्रशिक्षक ग्योतोकु कोजी, राजु काजी शाक्य र उज्वल […]
Nepali Version