च्याम्पियन्स लिग: बार्सिलोनाद्वारा लिभरपुल ३-० ले पराजित

च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको खेलमा बार्सिलोनाद्वारा लिभरपुल सेमिफाइनलको पहिलो लेगमा ३-० ले पराजित भएको छ।

बार्सिलोनाको लागि लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेका थिए।

खेलको २६ औं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन त्यसमा बाधक बनिरहे ।

दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि ७५ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे ।

त्यसको ७ मिनेटपछि मेस्सीले झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै फराकिलो जित पक्का गरे । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल ३-० ले नै पराजित भयो।

दोस्रो लेगको खेल अर्को साता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

Next Post

आईपीएल: दिल्लीलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

Thu May 2 , 2019
रविन्द्र जडेजा र इमरान ताहिरले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) बुधबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने चेन्नईको संभावना बलियो भएको छ । १८० रनको विजयी लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा […]
Nepali Version