पीएसजीलाई स्तब्ध पार्दै रेनसले जित्यो फ्रेन्च कपको उपाधि, एमबाप्पेलाई रातो कार्ड

फ्रान्सको महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि सनसनीपूर्ण जित निकाल्दै रेनसले फ्रेन्च कपको उपाधि जितेको छ ।

Hatem ben Arfa lifts the trophy alongside his Rennes team-mates after the unlikely triumph

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई ६-५ ले पराजित गर्दै फ्रेन्च कपको उपाधि उचालेको हो ।
Full-back Dani Alves had put PSG ahead after just 13 minutes of the French Cup final

पीएसजीले खेलको १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । ब्राजिलियन फरवार्ड नेयमारले २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई जिततत्र्फ़ उन्मुख गराएका थिए । तर ४० औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि रेनेसले खेलमा पुनरागमन गर्ने मौका पायो ।

Just before half-time a Presnel Kimpembe own-goal hands Rennes a way back into the game

खेलको ६६ औं मिनेटमा क्लेमेन्ट ग्रेनिएरको क्रसमा मेक्सरले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको खेलमा किलियन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा पीएसजी अग्रता लिनबाट चुकेको थियो । खेलको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

Mexer celebrates his leveller as Paris Saint-Germain's players look on stunned
पीएसजीले टाइब्रेकर सुरु हुनुभन्दा केहि समय अगाडीमात्र मैदान प्रवेश गराएका क्रिस्टोफर एनकुन्कुले पेनाल्टी मिस गरेका थिए । सुरुवाती पाँच प्रहारमा दुवै टोलीका खेलाडीले गोल गरे । छैटौं प्रहारमा रेनेसका इस्माइला सार्रको प्रहार गोल हुँदा एनकुन्कुको प्रहार भने आकासियो ।

Mbappe was then shown a straight red card by the referee for the tackle late on in the match

रेनेसले सन् १९७१ पछि पहिलोपटक फ्रेन्च कप उपाधि जितेको हो।

Having been 2-0 down, defender Mexer grabbed an unlikely equaliser in the second half

Next Post

भान डीज्क पीएफए बर्षको उत्कृष्ट खेलाडी

Mon Apr 29 , 2019
लिभरपुलको डिफेन्डर भान डीज्क पीएफए बर्षको उत्कृष्ट खेलाडी बनेको छ। सन् २००५ पछि डिफेन्डरले यो उपाधि जितेको पहिलो पटक हो । लिभरपुलका मुख्य डिफेन्डर भान ब्यवसायिक फुटबल संघले प्रदान गरेको बर्षको उत्कृष्ट खेलाडी बन्दा बर्षको उत्कृष्ट युवा खेलाडी म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङले हात पारे । भानले सिटीबाट मनोनयनमा परेका ६ खेलाडीलाई […]
Nepali Version