रोनाल्डोको गोलले रियल म्याड्रिडलाई हारबाट जोगाउन सकेन

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडलाई १४ औ स्थानमा रहेको भेलेन्सियाले आफ्नो घरेलु मैदानमा २–१ गोल अन्तरले पराजीत गरेको छ।

बुधबार राती सम्पन्न खेलमा लिगको चौधौं स्थानमा रहेको भेलेन्सियाले १० मिनेटभित्रै म्याड्रिडविरूद्ध २ गोल गरिसकेको थियो। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४४ मिनेटमा हेडिङ गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए। भेलेन्सियाका लागि पहिलो गोल सिमोन जाजाले ४ मिनेटमा गरेका थिए। फाबियान ओरेलानाले ९ मिनेटमा अर्को गोल थपेपछि म्याड्रिड पहिले देखि नै पछाडि पर्यो।

यो नतिजापछि बार्सिलोनाले केही राहत महसुस गरेको छ। बार्सिलोनाले उपाधिको होडमा म्याड्रिडसँगको दूरीलाई निकै कम गरेको छ। अब बार्सिलोना एक खेल ज्यादा खेलेर म्याड्रिडभन्दा १ अंकले मात्र पछाडि परेको छ।

म्याड्रिडको २२ खेलबाट ५२ अंक छ भने बार्सिलोनाले २३ खेलबाट ५१ अंक जुटाएको छ।

 

Leave a Reply

Your email address will not be published.

Next Post

म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

Thu Feb 23 , 2017
युरोपा लिग अन्तर्गत आज (विहिबार) बिहान भएको दोस्रो लेगको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले फ्रान्सको सेन्ट इटिन क्लबलाई उसैको घरेलु मैदानमा १–० ले पराजित गरेको हो। म्यानचेस्टरका लागि हेनरिक मखिटारियनले १६ मिनेटमा गोल गरे। दस खेलाडीमा सिमित म्यानचेस्टरले १–० ले पराजित गरेपछि समग्रमा ४–० गोलको अन्तर निकाल्दै […]
Nepali Version