नेपालद्वारा इन्डोनेसिया २-१ ले पराजित

ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालद्वारा इन्डोनेसिया २-१ ले पराजित भएको छ।

नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन्।

पहिलो दुई खेल हारेर बाहिरीसकेको नेपालका लागि अन्तिम खेल भने सुखद रहृयो। मंगलबारको खेलमा आठौँ मिनेटमा रेड कार्ड खाँदै १० खेलाडीमा सीमित भएको इन्डोनेसियलाई ३७ औँ मिनेटमा नेपालले गोल हानेको थियो। त्यस्तै खेलको ८९ औं मिनेटमा फेरी सावित्राले गोल गरिन्।

इन्डोनेसियाले ४७ औं मिनेटमा १ गोल गरेको थियो।

यो जितसँगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा म्यानमारसँग तीन-एक र भारतसँग पनि तीन-एकले पराजित भएको थियो।

Next Post

आइपीएल: कोलकतालाई ७ विकेटले पराजित गर्दै चेन्नाई शीर्ष स्थानमा

Wed Apr 10 , 2019
लो स्कोरिङ म्याचमा कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएलको शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो। कोलकताले दिएको १०९ रनको लक्ष्य चेन्नाईले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। प्लेसिस ४३ रन नट आउट रहँदा रायडुले २१ रनको योगदान […]
Nepali Version