नेपाल भारतसँग पराजित, नेपालकाे ओलम्पिक खेल्ने सपना सकियो

ओलम्पिक छनोट अन्तर्गत नेपाली महिला फुटबल टिम भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ।

पराजित भएसँगै नेपालकाे ओलम्पिक खेल्ने सपना सकिएको छ । यसअघि म्यानमारसँग पराजित भएको नेपालले अब अन्तिम खेलमा मंगलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने छ।

मन्डालेमा भएको खेलको छैटौँ मिनेटमै नेपालकी पसनम जर्घा मगरले आत्मघाती गोल गरेपछि भारतले अग्रता लिएंको थियो। तर त्यसको अर्को मिनेटमै नेपालको लागि कप्तान निरु थापाले बराबरी गोल फर्काइन्।

पहिलो हाफमा नेपालले भारतलाई बराबरीमा रोक्न सफल भएपनि भारतले दोस्रो हाफमा दुई गोल थप्दै जित हात पारेको हो। भारतका लागि दोस्रो हाफमा सन्धिया र असलतादेवीले गोल गरिन्।

One thought on “नेपाल भारतसँग पराजित, नेपालकाे ओलम्पिक खेल्ने सपना सकियो

  1. Pingback: Ignou Project

Comments are closed.

Next Post

आईपीएल: पन्जाबलाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा

Sat Apr 6 , 2019
आईपीएलको अंक तालिकामा चेन्नई सुपर किंग्स शिर्ष स्थानमा उक्लिएको छ। शनिवार बेलुका सम्पन्न खेलमा किंग्स इलाभेन पन्जावलाई २२ रनले हराउदै चेन्नई शिर्ष स्थानमा उक्लिएको हो। एमए चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पन्जाबले पुरै २० ओभरमा ५ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि […]
Nepali Version