फिफा वरीयतामा नेपालको स्थान यथावत, बेल्जियम पहिलो स्थानमा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरीयताअनुसार नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन र १६१औँ स्थानमा कायम छ।

एसियाली वरीयताएसियामा इरानले आफ्नो अग्रता कायमै राखेको छ । इरान विश्व वरियतामा २१औं स्थानमा पुगेको छ । एसियामा दोस्रो स्थानमा जापान रहेकाे छ। जापान २६ औं स्थानमा रहँदा अष्ट्रेलिया ४१औं स्थानमा छ ।

दक्षिण एसियाली वरीयता भारत अग्रस्थानमा कायमै छ । भारत अघिल्लो महिनाभन्दा ५ स्थान तल झर्दै १०१ औं स्थानमा रहेकाे हाे। गएकाे महिना फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत यस पटक भने त्यसभन्दा एक स्थान तल झरेकाे छ।

१५१ औं दक्षिण एसियाली वरीयता स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा रहँदा नेपाल भने दक्षिण एसियाको तेस्रो स्थानमा छ । भुटान १८६ र बंगलादेश १८८ औं स्थानमा रहँदा पाकिस्तान २०० श्रीलंका २०१औै स्थानमा रहेका छन् ।

विश्व वरीयतामा बेल्जियम पहिलो स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ।

3 thoughts on “फिफा वरीयतामा नेपालको स्थान यथावत, बेल्जियम पहिलो स्थानमा

  1. Pingback: w88 asia

Comments are closed.

Next Post

आइपीएल: दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

Fri Apr 5 , 2019
आईपीएल अन्तर्गत भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग ५ विकेटले पराजित भएको छ। जितपछि ५ खेलबाट ८ अंक बनाएको हैदराबादले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ। दिल्लीले दिएको १३० रनको लक्ष्य हैदराबादले इनिङको ९ बल बाँकी छँदै पूरा गर्योे। हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका र […]
Nepali Version