म्यानमारद्वारा नेपाल ३-१ ले पराजित

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ। म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३-१ ले पराजित भएको हो।

Image may contain: 11 people, people smiling, outdoor and text

खेलको २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो। तर नेपालले पहिलो हाफको इन्जुरी समयमा नेपालकी कप्तान निरुले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै म्यानमारले फेरि अग्रता बनाएको थियो। नेपालले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई म्यानमारले ५० औं मिनेटमा २-१ काे अग्रता बनाएकाे हाे।

त्यसपछि इन्जुरी समयमा १ गाेल थपेपछि म्यानमारले नतिजा ३-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

5 thoughts on “म्यानमारद्वारा नेपाल ३-१ ले पराजित

Comments are closed.

Next Post

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी शीर्षस्थानमा, चेल्सीको सहज जित

Thu Apr 4 , 2019
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्किएको छ। घरेलु मैदानमा म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २-० ले पराजित गर्दै पुनः शीर्षस्थानमा फर्किएको हो। म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे। एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै अघि बढेको थियो। ४४ औं मिनेटमा […]
Nepali Version