नेपालले आज आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दै

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।

मन्दलर थिरी रंगशालामा नेपाली समय अनुसार बेलुकी ५:१५ मा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अपि्रलमा प्रतिस्पर्धा गर्ने छ। भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ। छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अपि्रलमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलि:

गोलकिपर: एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर: हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर: अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड: निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

Next Post

एएफसी कप: आज मनाङ र अबहानी भिड्दै

Wed Apr 3 , 2019
एएफसी कप अन्तर्गत घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले समूह ‘ई’ को आफ्नो पहिलो आज बंगलादेशको ढाका अबहानीविरुद्ध खेल्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजे मनाङ र अबहानी बीच प्रतिस्पर्धा हुन लागेको हो। होम एन्ड अवेको आधारमा हुने छनोटको समूह ‘ई’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका २ क्लब […]
Nepali Version