अन्तर्राष्ट्रिय फुटबलबाट हिगुआइनले लिए सन्न्यास

फरवार्ड गोन्जालो हिगुआइनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।

Image result for higuain

चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुआइनले क्लब फुटबलमा ध्यान दिने भन्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन्। हिगुआइन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन्। उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन्। तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन्।

Image result for higuain argentina

हिगुआइनले क्लबमा लक्षित हुने हिसाबले राष्ट्रिय टोलीबाट बिदा लिएको बताए । ‘मैले यो निर्णय लिएर केहि समय परिवार र मेरो छोरीसँग बिताउन चाहन्छु । मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लाग्छ,’ उनले भने, ‘ मेरो ध्यान अहिले पूर्ण रुपमा चेल्सीप्रति केन्द्रित छ। प्रिमियर लिग साँच्चै नै रमाइलो छ। म यस प्रतिस्पर्धात्मक लिगमा रम्न चाहन्छु।’

Image result for higuain argentina

4 thoughts on “अन्तर्राष्ट्रिय फुटबलबाट हिगुआइनले लिए सन्न्यास

  1. Pingback: 카지노
  2. Pingback: 토토사이트
  3. Pingback: Dentistry

Comments are closed.

Next Post

आठौं राष्ट्रिय खेलकुद वैशाख ५ गते देखि ११ गते सम्म

Fri Mar 29 , 2019
आठौं बृहत राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ। यसअघि चैतको अन्तिम सातामा जसरी पनि सुरु गर्ने तयारी गरेपनि नयाँ मितिअनुसार नयाँ वर्षमा हुने भएको हो। राखेपको सदस्य सचिवले चैत २५ […]
Nepali Version