एम्बाप्पेलाई रियल मड्रिडमा अनुबन्ध गर्न २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी

प्रशिक्षक जिनेदिन जिदान रियल मड्रिड फर्किएपछि उत्कृष्ट खेलाडी अनुबन्ध गर्नका लागि प्रकृया सुरु गरेका छन्। उनको पहिलो लक्ष्य पीएसजी स्ट्राइकर केलियन एमबाप्पे हुन्।

Image result for mbappe real madrid

आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् । फ्रान्सबाट प्राप्त रिपोर्ट अनुसार एमबाप्पे जिदानको पहिलो प्राथमिकता भएको बुझिाएको छ । एमबाप्पेका लागि रियलले २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ ।

दुई वर्षअघि एमबाप्पे रियल मड्रिडमा आबद्ध हुने कुरा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भएका थिए । नेयमार र इडिन्सन कभानीसँग निकै राम्रो कम्बिनेसन गरिरहेका एमबाप्पे अनुबन्ध गर्न रियलले पीएसजीलाई मनाउनु पर्नेछ ।

Image result for mbappe real madrid

जसका लागि उसले यो भन्दा ठूलो रकम खर्च गर्नुपर्न सक्नेछ । रियल मड्रिडका समर्थकले पनि नयाँ सिजनमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउमा देख्न चाहेका छन् । प्रशिक्षक जिदानको छनोटमा एमबाप्पेबाहेक इडिन हाजार्ड, लेरोई साने, माउरो इकाडी र ह्यारी केन पनि छन् ।

Source: Ujyaloonline

Next Post

आईपीएल: आज दिल्ली र चेन्नई भिड्दै

Tue Mar 26 , 2019
आईपीएलमा आज पनि एउटा मात्रै खेल हुने भएको छ। नेपाली समय अनुसार राति ८:१५ मा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्ने छन्। दुवै टोलिले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। दिल्लीमा हुने खेलमा दुवै टोलि लगातार दोस्रो जितको खोजिमा हुने छन्। उद्घाटन खेलमा चेन्नइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित […]
Nepali Version