पेनाल्टीमा गोल खाएपछि नेपाल कुवेतसँग पराजित

कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो ।

कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नासरले गोलमा परिणत गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

बाँकी समयमा गोल हुन नसक्दा नेपाल पराजित भयो । खेलमा नेपाल कुवेतसँग दबाबमा देखिएको थियो । नेपाली टिमको सेटअपदेखि फिटनेससम्म कमजोर थियो ।

Source: Ujyaloonline

One thought on “पेनाल्टीमा गोल खाएपछि नेपाल कुवेतसँग पराजित

Comments are closed.

Next Post

पोर्चुगलको लगातार बराबरी, रोनाल्डो घाइते

Tue Mar 26 , 2019
युरोपेली च्याम्पियनसिपको छनोट चरण अन्तर्गत सोमबारको खेलमा पोर्चुगल र सर्बिया १-१ को बराबरीमा रोकिएका छन् । खेलको सातौं मिनेटमा सर्बियाले डुसान टाडीचको गोलमा अग्रता लिएको थियो । तर ४२ औं मिनेटमा ड्यानिलो परेराले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसअघि पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई चोटका […]
Nepali Version