कुवेतविरुद्ध दुई परिवर्तन, आशिषलाई डेब्यु

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेलका लागि प्रशिक्षक योहान कालीनले टोलीमा दुई परिवर्तन गरेका छन्

पहिलो खेलमा अग्रपंक्ति सम्हालेका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठको स्थानमा विमल राना र आशिष लामा पहिलो रोजाईमा परेका छन् । आशिषको यो राष्ट्रिय टोलीबाट डेब्यु पनि हो । विमल भने पछिल्लो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरेपछि पहिलो रोजाइमा उत्रँदै छन् ।

नेपाल एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका आशिष पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । कुवेतविरुद्ध पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेल्दा आशिषले मैदान प्रवेश गर्ने मौका पाएका थिएनन् । उक्त खेलमा नेपालका लागि ५ खेलाडीले डेब्यु गरेका थिए । आजको खेलमा आशिषले डेब्यु गर्ने भएसँगै अब टोलीमा रहेका ६ खेलाडीले यस टुरमा डेब्यु गर्ने भएका छन् ।

नेपाल र कुवेतको खेल नेपाली समयानुसार रातको ९:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । गोलरक्षक किरण चेम्जोङले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आजको खेलमा उनले नै गोलपोस्ट सम्हाल्नेछन् । डिफेन्समा रञ्‍जित धिमाल, अजित भण्डारी, देवेन्द्र तामाङ र कप्तना विराज महर्जन रहनेछन् ।

मिडफिल्डमा रोहित चन्द र विक्रम लामासँगै सुजल श्रेष्ठ र सुमन लामा हुनेछन् । विमल राना र आशिष लामाको जोडीले नेपालको फरवार्ड लाइन सम्हाल्नेछन्।

Source: Hamrokhelkud

5 thoughts on “कुवेतविरुद्ध दुई परिवर्तन, आशिषलाई डेब्यु

  1. Pingback: tile bong da
  2. Pingback: 놀이터추천
  3. Pingback: Sivas haberler
  4. Pingback: Catering Equipment
  5. Pingback: Engineering

Comments are closed.

Next Post

इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो

Tue Mar 26 , 2019
इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले […]
Nepali Version