विश्वविजेता फ्रान्सले माल्दोभालाई हरायो

विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा माल्दोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले माल्दोभामाथि ४-१ को सहज जित निकालेको हो ।

माल्दोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफइल भरान, ओलिभर जिरउड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर एमब्रसले सान्त्वना गोल फर्काए ।

एकपक्षीय बनेको खेलमा विश्वविजेता फ्रान्सले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा पल पोग्वाको पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा रापइल भरानले गोल गर्दै अग्रता दोब्बर बनायो । ३६औं मिनेटमा ओलिभर जिरुले गाल गरेपछि ब्लेस माथुडीको पासलाई सदुपयोग गरेपछि फ्रान्स पहिलो हाफमै ३–० ले अघि बढेको थियो ।

८७औं मिनेटमा युवा फरवाडै केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्स फराकिलो जिततर्फ खग्रसर बनेको थियो । तर, त्यसको २ मिनेटपछि घरेलु टोलीका भ्लादिमिरले गोल गर्दै गोल अन्तर कम गरेपनि त्यसपछि थप गोल हुन नसक्दा फ्रान्स ४–१ ले विजयी हुन सफल भयो ।

यही समूहको अर्काे खेलमा आइसल्यान्डले एन्डोरालाई तथा टर्कीले अल्वानियालाई समान २–० को नतिजामा पराजित गर्दै ३ अंक जोड्यो । आइसल्यान्डको जितमा विरकिर बीजार्नासन र भिदारअर्न कृजार्नासनले समान १ गोल गरे । टर्कीलाई जिताउन बुराक यिल्माज र हाकन कलहानोग्लुले गोल गरे ।

सन् २०२० को युरोकपको लागि अहिले युरोपका विभिन्न ५५ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले अर्काे चरणमा स्थान बनाउनेछन् ।

Source: Hamrokhelkud

Next Post

इण्डियन प्रिमियर लिग : चेन्नईले बेंग्लाेरलाई ७ विकेटले हरायो

Sun Mar 24 , 2019
शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको खेलमा चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्‍याे । टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १७.१ ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि पार्थिव पटेलले सर्वाधिक २९ […]
Nepali Version