पुनरागमनमा मेस्सी र रोनाल्डो दुवै गोलरहित

विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका स्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न सकेनन् । दुवै रोनाल्डो र मेस्सीले पुरै ९० मिनेट खेलेका थिए ।

विश्वकप अन्तर्गत अन्तिम १६ को खेल पराजित भएयता दुवै अर्जेन्टिनी मेस्सी र पोर्चुगेली रोनाल्डोले राष्ट्रका लागि अन्य खेल खेलेका थिएनन् ।

यूरो कप छनोट अन्तर्गत रोनाल्डोको पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा सिमित रह्यो भने मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भयो । भेनेजुएला फिफा वरियतामा अर्जेन्टिना भन्दा २१ स्थान तल छ ।

भेनेजुएलाले सलोमन रोण्डोनको ६ मिनेटको गोल तथा जोन मुरिलोको ४४ औं मिनेटको गोलमा पहिलो हाफमा दुई गोलको अग्रता लियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हुवान फोयेथले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जोसेफ मार्टिनेजले भेनेजुएलाको जित सुनिश्चित गरे ।

Source: Hamrokhelkud

4 thoughts on “पुनरागमनमा मेस्सी र रोनाल्डो दुवै गोलरहित

  1. Pingback: 메이저사이트
  2. Pingback: Layla

Comments are closed.

Next Post

विश्वविजेता फ्रान्सले माल्दोभालाई हरायो

Sat Mar 23 , 2019
विश्व विजेता फ्रान्सले युरो छनोटको खेलमा माल्दोभामाथि सहज जित निकालेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को खेलमा फ्रान्सले माल्दोभामाथि ४-१ को सहज जित निकालेको हो । माल्दोभाको मैदानमा भएको खेलमा फ्रान्सको सहज जितमा एन्टोइन ग्रिजमन, राफइल भरान, ओलिभर जिरउड र केलियन एमबाप्पेले गोल गरे । घरेलु टोलीका भ्लादिमिर […]
Nepali Version