एएफसी यू-२३ च्याम्पियनसिप छनोट : ओमानले नेपाललाई १-० ले हरायो

एएफसी यू-२३ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नेपाल ओमानसँग १-० गोल अन्तरले पराजित भएको छ ।

पहिलो हाफको १३ औं मिनेटमा गोल खाएपछि नेपाल बाँकी समयमा खेलमा फर्कन सकेन् । ओमानका लागि १३ औं मिनेटमा सलाह अल यायाहीको पासमा युुसुफ अल मलिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरेको थियो ।

नेपालका विमल घर्ती मगर र अञ्जन विष्टले गोल गर्ने प्रयास गरे पनि असफल हुँदा नेपाल छनोटको पहिलो खेलमा पराजित हुन बाध्य बन्यो ।

आगामी जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने फाइनल चरणका लागि छनोट खेल्न नेपाली टोली कतार पुगेको हो ।

समूह ए मा रहेको नेपालले अब कतार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । ११ समूहबाट विजेता र चार उपविजेताका साथै थाइल्याण्डसहित १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Source: Ujyaloonline

4 thoughts on “एएफसी यू-२३ च्याम्पियनसिप छनोट : ओमानले नेपाललाई १-० ले हरायो

  1. Pingback: w88
  2. Pingback: fun88.com
  3. Pingback: 메이저놀이터

Comments are closed.

Next Post

इंग्ल्याण्डको जितमा स्टर्लिङ्गको ह्याट्रिक

Sat Mar 23 , 2019
यूरो कप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीका मिड्फिल्डर रहिम स्टर्लिङ्गको ह्याट्रिकको मद्दतले इंग्ल्याण्डले चेक रिपब्लिकलाई ५-० ले पराजित गरेको छ । घरेलु टोली इंग्ल्याण्डका लागि स्टर्लिङ्गले २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा चेकका डिफेन्डरद्वय काडरबेक र कलासले स्टर्लिङ्गलाई लडाएपछि पाएको पेनाल्टीलाई […]
Nepali Version