श्रीलंका माथि भारतको ठूलो जित

मनोज थापा, बिराटनगर:

५ औ साफ महिला प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल अन्तर्गत आज भारतले श्रीलंकालाई ५-० को ठुलो अन्तरले पराजित गरेको छ।

यसै खेल सँग सेमी-फाईनलको समीकरण पनि पूरा भएको छ। आजको खेलमा भारतले ५ गोल गरेको थियो जसमा भारतको लागि दाङमेई ग्रेसले खेलको चौथो मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् भने खेलको ७ औ मिनेटमा सन्ध्या रंगनाथनले भारतको अग्रता दोब्बर बनायो।

खेलको ३६ औं मिनेटमा इन्दुमति खाथिरीसान र ४५ औं मिनेटमा संगिता बास्फोरे पेनाल्टी मार्फत भारतको गोल अन्तर ४-० बनाए र खेलको ४७ औं मिनेटमा रतन बाला देवीलेको गोलले भारतले ५-० को जित हात पर्यो।

बुधबार हुने पहिलो खेल अन्तर्गत आयोज़क नेपाल “क” समुह को विजेता हुदै “ख” समुहको उपविजेता श्रीलंका सँग दिनको पहिलो सेमी-फाईनल खेल्ने छ भने त्यसै गरि सोहि दिन हुने दोश्रो सेमी-फाईनल अन्तर्गत “क” समुहको उपविजेता बनेको बंगलादेश “ख” समुहको विजेता भारत संग खेल्ने छ।

दुवै सेमी-फाईनल एकै दिन हुनेछ, पहिलो सेमी- फाईनल दिनको ११ बजे र दोश्रो दिउसो ३ बजे देखि सुरु हुनेछ।

Next Post

सिरी 'ए' मा युभेन्टसकाे पहिलाे हार: जेनाेआद्वारा २ गोलले पराजित

Mon Mar 18 , 2019
इटालियन सिरी ए च्याम्पियन युभेन्टसले लिगमा पहिलो हार ब्यहोरेको छ । आइतबार भएको खेलमा युभेन्टसलाई जेनाेआले २–० ले पराजित गर्‌यो । जेनाेआको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि दुवै गोल सब्स्टिच्युट खेलाडीले गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलमा स्टेफानो स्टुराराे र गोरान पान्डेभले एक एक गोल […]
Nepali Version