बी डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक, चार टिमबीच कूल ६ खेल हुने

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको दोस्रो तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक भएको छ।

पहिलो चरणमा सहभागि क्लबलाई दुई समूहमा विभाजन गरेर लिग खेलाइएको थियव। त्यसपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने क्लब अन्तिम चरणमा पुगेका हुन्।

अन्तिम चरणमा चार क्लबबीच कूल ६ खेल हुनेछ। यस चरणका खेलहरु फागुन १७ गते (भोली) बाट सुरु हुनेछ।

पहिलो दिन सातदोबाटो युथ क्लब र श्री भगवती युथ क्लब तथा टुसाल युथ क्लब र आरसिटी क्लबबी खेल हुनेछ।

यस्तै १९ गते टुसाल र श्री भगवती तथा सातदोबाटो र आरसिटी बीच हुनेछ भने २१ गते आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसला क्लबबीच खेल हुनेछ।

६ खेलपछि सबैभन्दा  धेरै अंक जोड्ने क्लब च्याम्पियन हुनेछ। यस चरणमा पहिलो चरणको अंक नजोडिने एन्फाले जनाएको छ।

Source: Pahilopost and ANFA

7 thoughts on “बी डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक, चार टिमबीच कूल ६ खेल हुने

  1. Pingback: cuckold captions
  2. Pingback: Home Page
  3. Pingback: 안전바카라

Comments are closed.

Next Post

डर्टमुन्ड स्तब्ध, बायर्नलाई अवसर

Sat Mar 2 , 2019
जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार बोरुसिया डर्टमुन्ड अंक तालिकाको पुछारतिर रहेको अग्स्बर्गसँग पराजित भएको छ । दक्षिण कोरियाली फरवार्ड जी दोङ वोनले २ गोल गरेपछि डर्टमुन्ड पराजय बेहोर्न बाध्य भयो । डर्टमुन्डकै पूर्व खेलाडी रहेका जीले खेलको २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ […]
Nepali Version