च्यासललाई हराउदै नेपाल पुलिस क्लब फाइनल प्रवेश

3

मनोज थापा , बुटवल

रुपन्देहीमा जारी २१औ तिलोत्तमा गोल्ड कप २०७५ अन्तर्गत, आज भएको एन्फा टेक्निकल मैदान मा दोश्रो सेमी फाइनल अन्तर्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीच को खेलमा नेपाल पुलिस क्लबले ३-१ को जित हात परेको छ |

पुलिसका लागी जर्सी न ६ का बिक्रम धिमाल ले पहिलो हाफ को १५औ मिनट र दोश्रो हाफ को १२औ मिनट मा गोल गर्दा पुलिसले स्पस्ट २-0 को अग्रता बनाएको थियो तेसै गरी दोश्रो हाफ को ३५औ मिनटमा पुलिस का तर्फ बाट रवि पासवानले गोल गर्दा पुलिस ले शानदार ३-0 को स्पस्ट नतिजा निकालेको थियो, च्यासल को निम्ति चुनौती तेती बेला झन् थपियो जब च्यासल का कप्तान आमिर श्रेष्ठ दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए, च्याल को निम्ति खेल को दोश्रो हाफ मा सन्त बहादुर गुरुङले ४५ औ मिनट मा गोल गर्दा , नेपाल पुलिस क्लब ३-१ च्यासल भएको थियो | यसै संग २१औ तिलोत्तमा गोल्ड कप को फाइनल अन्तर्गत अब दाफिन्स क्लब, क्यामरून र नेपाल पुलिस क्लब बीच फाल्गुन १३ गते , सोमबार हुनेछ | बिजेताले उपाधि सहित नगद रु ८८०,००० र उपविजेता ले रु ५५०,००० पाउने छन्, नेपाल पुलिस क्लब २०औ तिलोत्तमा गोल्ड कप उपविजेता पनि हो |

3 thoughts on “च्यासललाई हराउदै नेपाल पुलिस क्लब फाइनल प्रवेश

  1. Pingback: dominoqq
  2. Pingback: 카지노사이트
  3. Pingback: Dental Training

Comments are closed.

Next Post

२१ औ तिलोत्तमा गोल्ड कपको उपाधि क्यामरुनी क्लब, दाफिन्सलाई

Mon Feb 25 , 2019
मनोज थापा: फाईनल खेल अन्तर्गत भएको खेलमा क्यामरुनी क्लब, दाफिन्स र नेपाल पुलिस क्लब बीचको खेलमा, खेल अवधि भर कुनै गोल नहुन सकेपछि पेनाल्टी शुट आउट अन्तर्गत दाफिन्सले ५ को बिरुद्ध ६ गोलले विजयी भएको छ। पुलिसको तर्फबाट तेज तामांगले शुट मिस गरे पछि उपाधि दाफिन्सले उचालेको छ। साथै प्रतियोगिताको […]
Nepali Version