ए डिभिजन लिग: फ्रेण्ड्स क्लब र जाउलाखेलकाे पहिलो जित, आर्मी लिगको दोस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । आइतबार भएको पाँचौं चरणको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हरायो । फ्रेण्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोग महर्जन र अनिल महर्जनले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको सबै गोल अन्तिम ३० मिनेटमा भएका थिए । ६५ औं मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

८४ औं मिनेटमा संजोग महर्जनको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि फ्रेण्ड्सले अग्रता २–० मा लम्ब्यायो । इन्ज्युरी समयको पाँचाैं मिनेटमा अनिल महर्जनले गोल गरेपछि फ्रेण्ड्सले लिगमा पहिलो जित हात पारेकाे हाे ।

अघिल्लो चार खेलमा तीन पराजय र एक बराबरीको नतिजा निकालेको फ्रेण्ड्सले तालिकामा चार अंक जोडेको छ । मच्छिन्द्र भने अझै पनि जितविहीन छ । उसले दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ ।

त्यस्तै आज भएको अर्को खेलमा नेपाल आर्मी क्लब हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–१ ले पराजित गरेको हो । आर्मीको जितमा दुबै गोल कप्तान भरत खवासले गरेका थिए । यता, हिमालयन शेर्पाको लागि भने उल्रिस सिइवेले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा भरतले हेडर गोल गर्दै आर्मीलाई १–० गोलको अग्रता दिलाएका थिए । आर्मीले दोस्रो हाफमा एक गोल ग¥यो भने एक गोल खान पुग्यो ।

खेलको ८४ औं मिनेटमा कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । तर खेलको ८६ औं मिनेटमा उल्रिसले सान्त्वना गोल गरे ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । अपराजित यात्रालाई कायमै राखेको आर्मीले पाँच खेलबाट १३ अंक बनाएको हो । आर्मीले चार खेलमा जित र एक खेलमा बराबरी खेलेको हो । यता हिमालयन शेर्पा भने लिगमा पहिलो पटक पराजित भएको छ । यसअघि खेलको चार खेलसम्म शेर्पा अपराजित रहेको थियो । उसको १० अंक रहेको छ ।

ए डिभिजन लिग अन्तर्गत आइतबार नै भएको खेलमा जाउलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । योसँगै जाउलाखेल युथ क्लबले पाँचौ खेलमा आएर पहिलो जित निकालेको छ । यसअघि भएको चार खेलमध्ये ३ खेलमा पराजित र एक खेलमा बराबरीमा खेल टुंग्याएका थिए ।

हलचोकस्थित एपीएपको खेल मैदानमा भएको खेलमा जाउलाखेलको जितमा अरुज सिंह नायक बने । उनले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए ।

Photo: ANFA

5 thoughts on “ए डिभिजन लिग: फ्रेण्ड्स क्लब र जाउलाखेलकाे पहिलो जित, आर्मी लिगको दोस्रो स्थानमा

  1. Pingback: 바카라사이트
  2. Pingback: Büyük haber
  3. Pingback: 사설토토
  4. Pingback: 카지노사이트

Comments are closed.

Next Post

कसले जित्ला बालाेन डिओर अवार्ड?

Mon Dec 3 , 2018
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालाेन डिओर अवार्डको विजेता आज घोषणा हुँदैछ । फ्रान्सको पेरिसमा हुने भब्य समारोहकाबीच फ्रान्स फुटबल संघले अवार्ड वितरण गर्नेछ । पछिल्लो एक दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले जितेको यो अवार्ड यो वर्ष नयाँ खेलाडीले पाउने अनुमान गरिएको छ । त्यो नयाँ खेलाडीको नाम हो, लुका […]
Nepali Version