यू-१५ साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा

यू-१५ साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। एन्फाले मंगलवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षक मनिस तिम्सिनाको टोलीले पहिलो चरणमा ४५ खेलाडी छनोट गरेको थियो। त्यसपछि २३ सदस्यीय अन्तिम टोली चयन गरिएको हो।

यही अक्टोबर २५ देखि नोभेम्वर ३ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेशसँगै नेपाल समूह ‘ए’ मा छ। यसैगरी समूह ‘बी’ मा भारत, पाकिस्तान र भुटान छन्।

नेपालले पहिलो खेल अक्टोबर २५ मा माल्दिभ्ससँग र बंगलादेशसँग दोस्रो खेल अक्टोबर २९ मा खेल्नेछ।

2 thoughts on “यू-१५ साफ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा

  1. Pingback: 카지노사이트

Comments are closed.

Next Post

सतासिधाम स्पोटिङ्ग क्लव (महिला टिम) झिलझिले सेमिफाईनलमा प्रवेश

Tue Oct 9 , 2018
सबिन सेर्मा, झापा (खेलकुद नेपाल) : मोरङको केराबारीमा जारी चौथो महिला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सतासिधाम स्पोटिङ्ग क्लव (महिला टिम) झिलझिले झापाले चिसाङ्ग महिला फुटबल क्लल लेटाङ्ग मोरङ लाई १-० गोल अन्तरले हराउदै सतासिधाम सेमिफाईनलमा प्रवेश गरेको छ। सतासिधामको जितमा यू-१६ राष्ट्रिय महिला फुटबल टिमका खेलाडी मुना […]
Nepali Version