विमलले ‘ए’ डिभिजन लिग च्यासलबाट खेल्ने

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलबाट खेल्ने भएका छन। लिग सुरु हुन दुई दिनअघि बिहिबार राति २१ वर्षीय विमललाई च्यासलले अनुबन्ध गरेको हो ।

विमल र क्लबबीच बिहीबार सम्झौता भइसकेको जानकारी दिदै च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले भने, क्लबकोतर्फबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रबार दर्ता गर्नेछौं । ‘राष्ट्रिय टोलीका फरवार्डलाई आफ्नो टोलीमा आबद्ध गराउन पाउँदा खुसी लागेको छ,’ अध्यक्ष ब्यञ्जनकारले भने, ‘यसले टोलीका अन्य खेलाडीमा पनि हौसला मिल्नेछ।’

२०७२ सालमा भएको राष्ट्रिय लिगमा उनि सुदूरपश्चिम ११ बाट खेलेका थिए । उनी यू–१९ टिममा थिए । एन्फा एकेडेमीका उत्पादक विमलको कप्तानीमा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । जुन नेपालमा आयोजना भएको थियो । नेपाली राष्ट्रिय टिमका नियमितद सदस्य विमलले ३१ खेलमा आठ गोल गरेका छन्।

One thought on “विमलले ‘ए’ डिभिजन लिग च्यासलबाट खेल्ने

  1. Pingback: Surfwearhawaii

Comments are closed.

Next Post

बार्सा नेपाल नैकाप गोल्डकपको प्रि-क्वाटरफाइनलमा

Tue Oct 2 , 2018
स्पेनिस महारथी बार्सिलोनाको समर्थनमा नेपालमा रहेको बार्सा नेपाल क्लब नैकाप गोल्डकपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । नैकापमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बार्सा नेपालले मिरमिरे युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सा नेपाललाई विजयी गराउन रोनिस राजबहाकले दुई गोल गरेका थिए । खेलमा बार्सा नेपालकै दुई गोलकर्ता […]
Nepali Version