अन्तिम खेलमा मलेसियासँग नेपाल ४-४ गोलको बराबरीमा

एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग ४-४ गोलको बराबरी खेलेको छ। हल्चोकमा रहेकाे एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी गर्दै अंक जोडेको हो।

नेपालका लागि कप्तान प्रिती राई, सष्मा तामाङ र सबिता रानामगरले १-१ गोल गर्दा एक गोल उपहार पायो। मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने नरुल नबिलाले एक गोल थपिन् ।

एएफसी यू-१६ वुमन्स फुटबल : नेपाल र मलेसियाले खेल्यो बराबरी

यससँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरीएको छ। पहिलो खेलमा फिलिपिन्ससंग ४ – ० ले पराजित भएको थियो नेपाल दोस्रो खेलमा म्यानमारसंग ११ – १ ले पराजित भएको थियो ।

यो प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ – १ ले हराएर म्यानमार पहिलो भएको हो।उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित रह्यो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो ।

दोस्रो चरणको छनोटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्न पाउनेछन ।

८ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।

Next Post

इंग्लिस प्रिमियर लिग : लण्डन डर्बी खेल गोलरहित बराबरीमा

Sun Sep 23 , 2018
इंग्लिस प्रिमियर लिगको लण्डन डर्बीमा वेष्टहामले चेल्सीलाई गोलरहित बराबरीमा रोकेको छ। लिगमा चेल्सीले जित हात पार्न नसकेको यो पहिलो खेल हो। वेष्टहामको घरेलु मैदानमा भएको खेलमा चेल्सीले दबाव कायम गरेपनि गोल गर्न सकेन । खेलको ७८ औं मिनेटमा वेष्टहामले गोल गर्ने राम्रो मौका पाएको थियो तर, सफल भएन । दोस्रो […]
Nepali Version