थ्री स्टारले ‘ए’ डिभिजन लिगका लागि टोली घोषणा

थ्री स्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि टोली घोषणा गरेको छ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङलाई हिजो मात्र क्लबमा अनुबन्ध गरेको थ्री स्टारले लिगका लागि २५ खेलाडीलाई समावेश गर्दै शुक्रवार टोली घोषणा गरेको हो।

Image may contain: text

एन्फाले बनाएको नियम अनुसार ‘ए’ डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो। त्यसै अनुसार थ्री स्टराले दर्ता गरेको खेलाडीको नाम अफिसियल फेसबुकपेज मार्फत सार्वजनिक गरेको हो।

झण्डै पाँच वर्षपछि एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न लागेको थियो। थ्री स्टारले २०७२ सालमा भएको राष्ट्रिय लिगको उपाधि जितेको थियो।

थ्री स्टार टोली :

गोलकिपर : एलान न्यौपाने, पूर्ण चेम्जोङ, अभिषेक बराल

डिफेण्डर :अनन्त तामाङ, रजिन धिमाल, विजय धिमाल, विष्णु सुनुवार, अशोक खवास, जिवन गुरुङ, पिटर सेगुन

मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, सुनिल वल, रुपेश केसी, मिसन लामा, मिक्छेन तामाङ, दिपेश घले, सुशील राई, दिपसन राउत

फरवार्ड : अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध लामा, सुसन श्रेष्ठ, अजयी मार्टिन, जेनिस प्रजापती

शहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी असोज १३ गतेबाट सुरु हुदैछ।

Next Post

प्लेइङ सेभेन फाटकलाई टाईबेकरमा ५-४ ले हराउदै झापा ११ क्वाटरफाईनलमा प्रवेश

Sat Sep 22 , 2018
सबिन सेर्मा, झापा (खेलकुद नेपाल) : मानेभन्ज्याङमा जारी चौथो संस्करणको मानेभन्ज्याङ गोल्डकपमा शुक्रवारको खेलमा झापा ११ ले प्लेइङ सेभेन फाटकलाई टाईबेकरमा ५-४ गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रवेश गरेको छ। प्रतिष्पर्धार्तमक खेलमा दुवै टोलिबाट पुरा समय २-२ गोलको बराबरीमा खेल सकिए पछि निर्णय टाईबेकरबाट भएको थियो। फाटकका लागी दर्शन गुरूङ्ग र […]
Nepali Version