नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ स्वदेश फर्कदै

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट सोमबार स्वदेश फर्कने भएका छन् । किरण माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट फुटबल खेल्दै आएका हुन् । एसियन कप छनोट अन्तगर्त फिलिपिन्ससँगको पहिलो लेगका लागि २० सदस्यीय टोलीमा रहेको किरण मंगलबार काठमाडौं आइपुग्नेछन् ।

नेपाल र फिलिपिन्सबीचको पहिलो लेग चैत १५ मा फिलिपिन्समा हुँदैछ । माल्दिभ्स लिगमा आइतबार बेलुकाको टिसी स्पोर्टस र भिक्ट्री स्पोर्टस क्लब बीचको खेल खेलेर स्वदेश फर्कने तयारीमा छन्।

किरण पौषमा टिसी स्पोर्टस्मा आवद्ध भएका थिए । त्यसअघि मनाङबाट खेलेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । कात्तिक अन्त्यमा एएफसी सोलिडारिटी कप जितेपछि र ग्वामले छनोट खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्न पाउने भएको थियो । नेपाल र फिलिपिन्स रहेको समूह ‘एफ’ मा यमन र ताजकिस्तान छन् ।

4 thoughts on “नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ स्वदेश फर्कदै

  1. Pingback: i99bet
  2. Pingback: qiuqiu99

Leave a Reply

Your email address will not be published.

Next Post

बार्सिलोनाद्वारा भेलेन्सिया पराजीत, मेस्सीले गरे २ गोल

Sun Mar 19 , 2017
स्पेनिस ला लिगा अन्तर्गत सोमबार बिहान भएको खेलमा बार्सिलोनाले भेलेन्सियालाई ४-२ गोल अन्तरले पराजीत गरेको छ। जीतसंगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा नै कायम रहेको छ। यसको साथै बार्सिलोना र रियल म्याड्रिडको अंक दुरी २ अंकको मात्र रहेको छ। बार्सिलोना २८ खेलमा ६३ अंक सहित दोस्रो स्थानमा रहेको छ […]
Nepali Version