आयोजकको विजय सुरुवात, सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाज दोस्रो चरणमा प्रवेश

सबिन सेर्मा, झापा (खेलकुद नेपाल) :

राजधानीको बुढानिलकण्ठमा हिजोबाट सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजको आयोजनामा सिद्धेश्वर बुढानिलकण्ठ प्रथम महिला फुटबल प्रतियोगिता सुरू भएको छ। हिजो भएको उद्धघाटन खेलमा आयोजक सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजले ड्रिम टिमलाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको छ।

आयोजक सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजको जितमा अनिता श्रेष्ठको ह्याट्रिक मनिषा थापा मगरको दुई गोल तथा सिता आले मगर र लक्ष्मि तामाङ्गले समान एक गोल गरे। सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाज बुढानिलकण्ठको आयोजनामा जारी प्रतियोतामा १० टिमको सहभागिता रहेको छ।

त्यष्तै हिजोनै भएको दोस्रो खेलमा कुमारी फुटसल टिमले पासाङ्ग कलेज टिमलाई ३-२ गोल अन्तरले हराउदै कुमारी फुटसल टिम दोस्रो चरणमा प्रवेश गरेको छ।

प्रतियोगिताको फाईनल खेल आगामी ९ गते हुनेछ प्रतियोगिताको विजेता टिमले नगद रू ५० हजार ट्रफि मेडल प्रमाण पत्र र उपविजेता हुने टिमले नगद रू २५ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्नेछ।

त्यष्तै विधागत तर्फ उत्कृष्ट महिला खेलाडी उत्कृष्ट गोलकिपर र सर्वाधिक गोल कर्ताले जनहि २५०० प्राप्त गर्ने आयोजकले जानकारी दिनु भयो।

Next Post

छहरी शिक्षा सदन र एबिसि विजय

Thu Aug 23 , 2018
सबिन सेर्मा, झापा (खेलकुद नेपाल) : राजधानीको बुढानिलकण्ठमा सिद्धेश्वर बुढानिलकण्ठ सरोकार समाजको आयोजनामा सिद्धेश्वर बुढानिलकण्ठ प्रथम महिला फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा छहरी शिक्षा सदनले मु एफ सि लाई १-० गोल अन्तरले हराउदै छहरी शिक्षा सदन दोस्रो चरणमा प्रवेश गरेको छ। छहरी शिक्षा सदनको जितमा जर्सी न: ५ […]
Nepali Version